काठमाडौं– भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित गरेको हो।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो।
प्रतिनिधिसभाले पारित गरेपछि अब यो विधेयक राष्ट्रिय सभामा जनाए छ भने राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउने छ। प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ।
यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ। यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यावसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन्। भूमिको वर्गीकरण गर्दा अवास र आवासीयमा नपरेका जग्गा समेत कित्ताकाट गरेर बेच्न पाउनेछन्।
यस विधेयकमा अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राज्यले जग्गा दिने बाटो खुला हुनेछ। योसँगै भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई समेत जग्गा दिने व्यवस्था राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।