काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत–चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका हुन् ।
उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।