काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो।
एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो। सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए।
उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ४ दिनको म्याद थप गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।