काठमाडौं– भारतको गुवाहटीमा रहेको नेपाली ‘ए’ टीमले आसामविरुद्ध दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।
टस जित्दै नेपालले आसामलाई फिल्डिङको निम्तो दिएर आफूले ब्याटिङ रोजेको हो ।
पहिलो खेलमा बिहीबार आसामले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । आसामले पहिले ब्याटिङ गर्दै १९१ रनको विशाल लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा नेपालले ८ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकियो । वर्सातका कारण खेल रद्द हुँदा नेपाल डीएलएस प्रणालीमा १५ रनले पराजित भएको थियो ।
नेपालले आज आफ्नो खेलमा तीन परिवर्तन गरेको छ ।
यस्तो छ नेपालको प्लेइङ ११
अनिल शाह (कप्तान), देव खनाल, शुभ कंसाकर, सन्दीप जोरा, आदिल आलम, विवेकुमार यादव, बसिर अहमद, पवन सर्राफ, आकाश चन्द, कमलसिंह ऐरी र युवराज खत्री ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।