काठमाडौँ– काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो।
स्कुटर पछाडी सवार काभ्रेपलाञ्चोक पाचँखाल ०२ होस्के घर भएका वर्ष २३ को नितेश नेपाल,उपचारको क्रममा ट्रमा सेन्टरका ३ बजेर ४७ मिनेटमा डाक्टरले मृत्त घोषणा गरेकाे हो । दुबै मृत्तकको आफन्तहरु अस्पतालमा आइसकेको उनले जानकारी दिए।
घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा रहेको छ भने बस चालक जिल्ला दोलखा भि न पा ०७ स्थायी घर भई हाल काडाँघारी बस्ने वर्ष २५ को सुभाष तामाङ प्रहरी वृत बानेश्वरको नियन्त्रणमा रहेको उनले बताए ।
सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।