काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा.अरनिको पाँडे अहिले साइबर ब्यूरोको हिरासतमा छन् । आफू विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधवार साँझ उनी प्रहरीमा हाजिर भएका थिए ।
बिहीबार बयान लिएर प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान प्रतिवेदन पनि पेस हो ।
एक जना महिलालाई सामाजिक सञ्जालमार्फत अपशब्द बोलेको आरोपमा पाँडे विरुद्ध प्रहरीले अनुसन्धान गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकृत र सरकारी वकिलले आजै उनको बयान लिएका थिए ।
वातावरणविद् पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । अहिले उनी सो पार्टीको केन्द्रीय सदस्य हुन् । उनी २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।
उनलाई विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा हदैसम्मको सजाय मागदाबी गर्न प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।