काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।
बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्मा सम्बोधन गर्ने जानकारी गराए।
‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ,’ पाण्डेले भने।
भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो। बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।