राजविराज– चाडपर्वका बेला हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
चोरी, डकैती, लुटपाट तथा मादक पदार्थ सेवन गरी हुने झैझगडा नियन्त्रण गर्न दैनिक ४ सय ५२ प्रहरी परिचालन गर्ने योजनासहित सिराहा प्रहरीले सुरक्षाको विशेष योजना सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
योजनाअन्तर्गत फरार अभियुक्तहरुकाे खाेजीका लागि निगरानी बढाइएको छ। जिल्लाको भित्री तथा सिमावर्ती नाकाहरूमा चौबीसै घण्टा चेकजाँच सुरु भएको छ भने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी ‘क्युआरटी’ टोली तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता माधवराज खरेलले बताए।
_x000D_
_x000D_
आर्थिक कारोबार बढी हुने वित्तीय संस्थाहरुको निगरानीका लागि सादा पोसाकका प्रहरी थप गरिएको, धार्मिक स्थलहरुमा ‘पिकेट’ तथा गस्तीको व्यवस्था मिलाइएको, आगलागी नियन्त्रणका लागि वारुण यन्त्रलाई तैनाथ गरिएको र कुनै घटनाको जानकारी पाउनासाथ बाटोमा लाग्ने समयबाहेक ५ मिनेट भित्रै प्रहरी घटनास्थलमा पुगिसक्ने गरी सुरक्षा योजना बनाइएको खरेलले बताए।
_x000D_
_x000D_
यात्रुहरुको आवागमनलाई सहज बनाउन इलाका प्रहरी कार्यालय लहान र मिर्चैयामा यात्रु सहायता कक्ष स्थापना गर्ने तथा राजमार्गमा दिवा तथा रात्रिकालीन यात्रुबाहक बसको सुरक्षाका लागि मोबाइल तथा पैदल गस्ती बढाइएको पनि उनले जानकारी दिए।
_x000D_
_x000D_
यसका साथै मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने, तीब्र गतीमा सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, जथाभाबी पार्किङ गर्ने, कागजपत्र साथमा नराख्ने लगायतका गतिविधिमा पनि निगरानी र सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।