काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ।
आज बिहान करिब साढे तीन बजेतिर लेदोसहित खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका हुन्।
काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएको थियो। ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ।
बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ। सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।