काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
‘जाग नेपाली अभियान’ले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेटविरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अर्बौं कमिशनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ ।
जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको बताए ।
उनले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अर्बौं भ्रष्टाचार भएको आरोप लगाए । प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगायतका प्लेकार्ड देखाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।