काठमाडौं– नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएकी छिन्।
संघीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भइन्।
उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी हुन्।
पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन्। एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत भएको घोषणा गर्नेछ।
कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।