काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। जस अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ।
सभामुख देवराज घिमिरेले बुधबारको निर्वाचन घोषणा गरेपछि कार्यतालिका सार्वजनिक गरिएको हो।
एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ। यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले सभापतिमा दिलेन्द्र बडूलाई अघि सार्ने तयारी गरेको छ।
सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए।
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।