काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने कुरा नभएको बताएका हुन् ।
आफैंले निर्माण गरेको पार्टी भएकोले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको भनाइ छ ।
उनले विद्या भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे । विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टिने उनको दाबी छ ।
जनताको अधिकार, समानता, स्वतनत्रता र न्यायको निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाईँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाई छ ।
थापाले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवोध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पँक्तिले गर्न नहुने पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।