काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ।
समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन्।
बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट फरक मतसहित भूमि विधेयक पारित भएको थियो।
समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।