काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई छलेर करका दर हेरफेर गरेकोप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिक मै करका दल हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन्।
उनले भने, ‘संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना बित्दै गर्दा पहिलो चौमासिकमै सरकारले करको दरमा हेरफेर गरेको छ। यो कदमप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’
पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ। काटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तःशुल्क ३५ प्रतिशत घटाइएको छ। औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ।
सदन चलिरहेको बेलामा सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने बताए। बिना कारण करका दर हेरफेर गर्नुको कारण अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए। सुनमा लाग्ने करलगायत अन्य करकाे दर हेरफेर भएकाे उनकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।