काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिना हुँदा पनि विश्वासको मत नलिएको उल्लेख गर्दै विश्वासको मत लिने आदेश जारी गर्न मागसहित अधिवक्ता विरेन्द्र केसीले रिट निवेदन दर्ता गरेका हुन्।
संविधानको धारा १०० अनुसार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको उनले रिटमा उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय, शीतल निवासलाई रिटमा विपक्षी बनाइएको छ।
पढ्नुहोस् रिट निवेदन :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।