काठमाडाै– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनौट गर्नेकुरा राम्रो हुने धारणा राखेकी हुन्।
विधेयकमा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा उल्लेख गरिनुपर्ने सांसद शर्माको भनाइ छ।
उनले भनिन्, ‘प्रधानाध्यापकको जुन विषय छ। यसलाई प्रदेशको डालोमा हामीले हाल्यौं। प्रदेशबाट छनौट गर्ने, शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षकहरुको उम्मेदवारको सूचि तयार गर्ने, स्थानीय तहले वितरण गर्ने भन्नेकुरा ठिक छ। हुँदाहुँदै पनि प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौं।’
‘यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौं। तर तोकेबमोजिम हुनेछ भन्दा तीन सय, पाँच सय रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दैछौं, त्यसले उद्देश्य हाम्रो पूर्ति हुँदैन। यति पैसा भनेर त विधेयकमा नलेखिएला तर पनि यो खालको सुविधा दिइनेछ भनेर लेख्न सकिन्छ,’ ;सांसद शर्माले भनिन्।
सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आवद्ध हुन नदिने कुरामा समर्थन जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।