काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ।
बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो।
आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
यसअघि समितिले विवादित विषयलाई थाँती राखेर प्रतिवेदन तयार पारेको थियो। निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवथामा विवाद छ। यसकै कारण निजी विद्यालय सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन्।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहित सभापति अम्मर बहादुर थापा र सदस्यहरू उपस्थित भएका छन्। आज शिक्षा विधेयक पारित गर्ने समितिबाट पारित गर्ने तयारी छ।
निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाएका कारण यसबारेमा पनि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।