काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले आफूलाई हटाउने प्रयास सत्तारुढ दलहरूले गरेपछि नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई फोन गरेकी छन्।
एक कार्यक्रमका सिलसिलामा विदेशमा रहेकी उपसभामुख राणाले मङ्गलबार अपरान्न डा.कोइरालालाई फोन गरेकी हुन् कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले उपसभामुख रानाले कोइरालालाई फोन गरेको पुष्टि गरे।
उपसभामुख रानाले टेलिफोनमा आफूलाई हटाउन भएको प्रयासबारे चासो राखेको बताइएको छ ।
यता शेखर पक्ष पनि रानालाई हटाउने पक्षमा तयार भएको बताइएको छ । तर हस्ताक्षर भने पुरानै रहने भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।