काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन्।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक संसदीय दलको कार्यालयमा तीन बजे बस्नेछ।
बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ।
उपसभामुखलाई हटाउन कांग्रेस एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।