काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पद छाड्न तयार भए पनि कुनै युवा तयार नभएको बताएका छन्।
मंगलबार नाडा अटो शो-२०२५ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'अहिले युवाहरूको समय हो। कतिले भन्लान् खै युवालाई छोडेको, म त छोड्न तयार छु तर कुनै युवा नै तयार छैनन्,' ओलीले भने। अहिले असन्तुष्टि हुनका लागि कुनै ठाउँ नरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ। ' असन्तुष्टि हुने ठाउँ छैन, कसम खाएर नै असन्तुष्टि हुन्छ भने के भन्नु छ र, हाम्रो नीतिहरू स्थिर छ, 'उनले भने।
सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको उनले सुनाए। स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुद्ने गरेको ओलीको भनाइ छ। आजको रोबोटिक क्रियाकलापपछि प्रारम्भिक लाग्ने भन्दै भविष्यमा धेरै अघि बढ्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।