काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्।
मङ्गलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन्।
उनले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए। उनले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिए। उनले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गरे।
वर्तमान सरकार गठन भएदेखि नै गल्ती बाहेक राम्रो कुनै काम गर्न नसकेको उनको भनाइ छ।
प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर गरे।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।