काठमाडौँ– सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।
उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ। बैठकमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी बैठक स्थल पुगेका छन्।
जसपा र लोसपाका नेताहरू पनि सिंहदरबार जाने क्रममा रहेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि सत्ता समर्थक साना दलहरूलाई पनि समेट्न बैठक बोलाइएको बुझिएको छ।
सत्तापक्षका सबै दलको सहमति जुटाएर प्रस्ताव दर्ताको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।