काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्।
उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन्।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन्।
‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने।
त्यस्तै उनले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे।
‘मलाई नेपाल चाहिएको छ। नेपाली नागरिक चाहिएको छ। मलाई किन्न कोसिस गरे। त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे। यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ। म भाग्दिनँ भनेको थिएँ। मैले नेपालको जेल सबै देखेको छु। मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ। एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।