काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन्।
जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि यस्तो आरोप लगाएका हुन्।
राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे। ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो। चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो। म तयारीसाथ गएको थिएँ। तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो। मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो। अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो। राज्यसत्ता हामीसँग डरायो। जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो। मलाई इन्काउन्टर गर्ने आदेश रहेछ।
उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन्।
‘म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भनेका छन्, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो।’
प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए।
यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन। राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन। यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ।’
प्रसाईंले सो दिनको घटनाबारे भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ। किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो। त्यही भएर मदन भण्डारीलाई मारियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।