विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन्।
'गुट चलाएको' आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्। 'मलाई गुट चलाउन आउँदै आउँदैन,' उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले 'पार्टीका नेताहरूलाई सोध्न' आग्रह गरिन्।
उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, 'म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।'
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उनले पार्टीको हितका लागि काम गर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।