काठमाडौं–साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ।
आइतबार सेयर बजार परिसूचक २७ अंकले गिरावट हुँदा २७६१ को विन्दुमा झरेको हो। सेयर बजारमा भारी गिरावट हुँदा कारोबार रकम ७ अर्ब ७३ करोड मूल्य बराबरको मात्रै भएको छ।
सेयर बजारमा आज जम्मा ५८ कम्पनीको सेयर मूल्य बढेको छ। यसको विपरीत १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो। अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे।
अपर स्याङ्गे हाइड्रोपावरको ६.२९, कालिका पावरको ५.९६, अपर हेवाखोलाको ५.७६, मनकामना इन्जिनियरिङको ४.७०, नेपाल रिपब्लिक मिडियाको ४.०१ प्रतिशत मूल्य बढ्यो।
सम्पदा लघुवित्तको ७.०६, ट्रेड टावरको ५.८८, ग्रिन डेभलपमेन्ट बैंकको ४.७९, एनआईसी एसिया बैंकको ४.६५, सान्भी इनर्जीको ४.४२, महिला लघुवित्तको ४.२९ तथा स्वेतगंगा हाइड्रोपावरको ४.०१ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।