काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार लगिएको छ। शनिबार रुपन्देहीबाट काठमाडौं ल्याइएका उनलाई विमानस्थलबाट सिधै कारागारतर्फ लगिएको हो।
लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, उनलाई आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।
भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।
तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नख्खु कारागार पुगेका थिए । त्यहाँ उनीहरुले रविको पक्षमा नाराबाजी गर्दै सरकारको विरुद्धमा प्रदर्शन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।