काठमाडौं– सरकारले भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’को व्यवस्था गरेको छ।
_x000D_
_x000D_
भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।
_x000D_
_x000D_
ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धी सेवा उपलब्ध गराउन यस सेवाको शुभारम्भ गर्नु परेको स्पष्ट पारिन्।
_x000D_
_x000D_
३४ वटा भूमिसुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्नसक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। मन्त्रालयले एक वर्ष भित्र देशभर रहेका १ सय ५ वटै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ।
_x000D_
_x000D_
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक वर्ष भित्र सबै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन सेवा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना पनि यसअघि नै सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।