काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट भएका छन्। उनलाई केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको हो। उनलाई गत साउन २२ गते अमेरिकी अध्यागमनले डिपोर्ट गरेको हो ।
थापालाई गत फागुनमा अमेरिकी अध्यागमनले हिरासतमा राखेको थियो। अमेरिकामा उनी धेरै 'फ्रड' का मामिलामा मुछिएका थिए। रास्वपा सभापति रवि लामिछाने अमेरिकामा हुँदा नै थापाको उनीसँग राम्रो सम्बन्ध थियो। रास्वपा गठन हुँदा उनी पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए।
अहिले थापा रास्वपाको जिम्मेवारीबाट अलग भइसकेका छन्। उनले सात महिनाअघि नै राजीनामा दिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। रास्वपाको केन्द्रीय समितिबाट राजीनामा दिए पनि निर्वाचन आयोगको रास्वपाको अभिलेखबाट भने उनको नाम हटेको छैन। आयोगले पछिल्लो पटक अद्यावधिक गरेको सूचीमा थापाको नाम छ।
'हामीले २०८१ असार २५ गते गरेको निर्णय अद्यावधिकका लागि साउन १७ गते निवेदन दिएका थियौं। तर आयोगले यस वर्ष साउन २८ गते, अर्थात् १३ महिनापछि मात्रै अद्यावधिक गरिदियो। त्यसैले उहाँको नाम रहन गएको हो,' प्रवक्ता झाले भने, 'रास्वपाको जिम्मेवारीबाट हटिसकेका व्यक्तिको जिम्मा हामीले लिने कुरा आउँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।