काठमाडौँ– विधान महाधिवेशन समेट्नुपर्ने सुझाव सङ्कलन गर्न नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ।
धनकुटाको हिलेमा बसेको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव सङ्कलन गरेर केन्द्रमा पठाउन कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिएका हुन्।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ),प्रेम गीरी (झापा),इन्द्रमणी पराजुली (धनकुटा)खड्ग राई (संखुवासभा),इश्वरमणी राउत (उदयपुर),सत्यनारायण चौधरी (मोरङ) रहनु भएको छ। यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन्।
अध्यक्ष खतिवडाले भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू बोलाइएको बताए।
एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस हुने,त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ। जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल हुने नेताहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।