काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेशी विकासका लागि उत्तम विकल्प भए पनि राजनीतिक स्थिरताबिना विकास सम्भव नरहेको बताएका हुन् ।
नेपालमा अस्थीरताका कारण धेरै समस्या देखिएकाले स्थायीत्वका लागि ठूला दलको समिकरण बनाएको उनले बताएका छन् ।
मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरुलाई व्यवसायकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।
कार्यक्रममा दुई लाख रुपैयाँ राशीको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशीको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ ।
त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।