काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले सुरक्षा घेराभित्र रहेको कारागारमा जेलमा झडप भएको ४८ घण्टासम्म सुरक्षाकर्मी छिर्न नसक्नु कस्तो सुशासन हो भन्दै प्रश्न गरेका हुन्।
उनले सुरक्षा घेराभित्र हुने कारागारमा त सरकारले सुरक्षा दिन सक्दैन भने, बाहिर कसरी सुरक्षा छ, सुशासन छ भनेर हामीले कसरी पत्याउने भन्दै प्रश्न गरे।
कैलाली कारागारमा गत शुक्रबार भएको झडपमा परेर एक कैदीको मृत्यु भएको थियो भने तीन दर्जन बढी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।