काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको पछिल्लो भेला अवैधानिक भएको निष्कर्ष निकालेको छ।
योसँगै लालबीर चौधरीको नेतृत्व अवैध ठहर भएको छ भने अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छन्।
आयोगको हिजो बसेको बैठकले रञ्जिताको नेतृत्वलाई नै वैधानिकता दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेल अर्याललाई जानकारी दिइन्। नाउपाको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउँदै लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो।
चौधरीले साउन १५ गते विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए। नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन्। त्यसकारण राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार लालबीरको नेतृत्व अवैध ठहर भएको हो।
नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा कायम गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।