फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तागठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारे ।
उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले कि कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।
उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए । ओलीले आफूहरुको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरुले अनावश्यक रुपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।