काठमाडौं– लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन्। उनले गत असार ४ गते नै राजीनामा दिएका हुन्।
वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए। ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ।
लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए। लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। झा खानेपानी मन्त्री समेत भए। २०७९ को चुनावमा भने उनी पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।