वीरगञ्ज– नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एक कैदीको मृत्यु भएको छ।
मृतकको आफन्तहरूले प्रशासन र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर प्रदर्शन गरेका छन्।
जेल प्रशासनका अनुसार मृतक कैदी राहुल तुहारा बिहान जेलमा व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालले प्रारम्भिक उपचारपछि आवश्यक सुविधा यहाँ उपलब्ध नभएको भन्दै अन्यत्र लैजान सिफारिस गरेको बताइएको छ।
तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भएको र सोही कारण मृत्यु भएको मृतकका आफन्तहरूको आरोप छ। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
अस्पताल प्रशासनले भने कैदीलाई सक्दो उपचार गरिएको दाबी गर्दै थप उपचारका लागि तत्कालै रेफर गर्न सिफारिस गरिएको स्पष्ट पारेको छ। यस घटनापछि नारायणी अस्पताल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।