• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेडिकल कलेजको शुल्क र सिट बढाए सत्याग्रहसहित आन्दोलन गर्ने डा गोविन्द केसीको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, साउन २७, २०८२  १२:०३
1140x725

काठमाडौं– वरिष्ठ चिकित्सक डा गोविन्द केसीले मेडिकल कलेजको भर्ना सिट र शुल्क बढाउने सरकारी तयारी तत्काल रोकिनुपर्ने चेतावनी दिएका छन्। उनले सरकार र चिकित्सा शिक्षा आयोगलाई सिट र शुल्क यथावत राख्न आग्रह गर्दै, माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्।

डा केसीका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै नेपालीको प्राकृतिक अधिकार भएपनि नेताहरू, माफिया र पैसावालहरूको स्वार्थका कारण यो अधिकारबाट आमजनता बञ्चित भइरहेका छन्। 'गुणस्तरीय स्वास्थ्य सेवाको आधार गुणस्तरीय चिकित्सा शिक्षा हो,' उनले भने, 'विद्यार्थी संख्या वृद्धि गर्दा गुणस्तर घट्छ, बढ्दैन।'

उनले विगत दुई दशकदेखि ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना, निशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षा पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको उल्लेख गरे। चिकित्सा शिक्षा ऐन र आयोग स्थापनापछि छात्रवृत्ति, मापदण्ड पालन, मेरिटका आधारमा भर्ना र शुल्क नियन्त्रणजस्ता सुधार भएपनि हाल सरकारले ऐन विपरीत सिट बढाउने समिति गठन गरेको भन्दै आपत्ति जनाएका छन्।

डा केसीले सिट वृद्धि मेडिकल शिक्षाको गुणस्तर मात्र होइन, आम जनताको स्वास्थ्यमा समेत खेलवाड हुने दाबी गरे। 'हामी कुनै पनि हालतमा यस्तो कपट र षड्यन्त्र स्वीकार्दैनौं,' उनले भनेका छन्।

उनले इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न, सरकारी स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न, प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड लागू गर्न र २०८५ देखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउन कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।

डा. केसीले अन्ततः चेतावनी दिँदै भने, 'यदि तत्काल सिट र शुल्क वृद्धि गर्ने निर्णय रोकिएन भने सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुनेछौं।'

प्रेस विज्ञप्ति 

नेता, मफिया र पैसावालक‍ो मात्र होइन गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सवै नेपालीको नैसर्गिक अधिकार हो। उपरोक्त अधिकारको सुनिश्चितताको दायित्व बोकेका नेताहरू मुलुकमा गुणस्तरीय स्वास्थ्य सेवाको अनुभुति नभएर होला राज्यको ढुकुटी खर्चमा उपचारका लागि विदेश जान्छन् र मतदातालाई उनीहरुको अक्षमता र स्वार्थबाट सिर्जित न्यूनतम सेवा सुबिधाबाट पनि बन्चित परिस्थितिमा भाग्यको भरोसामा छोडिन्छ। 

Ncell 2
Ncell 2

गुणस्तरीय स्वास्थ्य सेवाको मुख्य पाटो गुणस्तरीय चिकित्सा (मेडिकल) शिक्षा हो। कुनै शैक्षिक संस्थानमा विद्यार्थी संख्या वृद्धिले गुणस्तर बढ्दैन बरु घट्छ।  स्वास्थ्य र शिक्षामा सबैभन्दा कम लगानी गर्नेमा नेपाल पर्छ। चार दशक अघिको दरबन्दी वृद्धि नगरेकाले ग्रामीण भेेगमा  चिकित्सक लगायत स्वास्थ्य कर्मीहरुको अभाव हुँदाहुँदै   दशौं हजार चिकित्सक र  स्वास्थ्यकर्मीहरू बेरोजगार छन्।

समाजवादोन्मुख संविधान भएको र समाजवादी र साम्यवादी पार्टी भएको गरिब देशमा  सरकारी मेडिकल शैक्षिक संस्थानको संख्या नगण्य छ भने निजी धेरै छन् तथापि राज्य नेतृत्व पक्ष पदको दुरुपयोग गरि निजी कलेज,  सिट र शुल्क वृद्धि गर्न आतुर छन्। 

पुँजीवादी विकसित देश लगायत विश्वभरि स्वास्थ्य र शिक्षा क्षेत्र गैरनाफामूलक यानि  सेवामूलक क्षेत्र मानिन्छ र त्यसै अनुसार कार्यान्वयन गरिन्छ। तर नेपालमा नेता/दल, माफिया लगायत विभिन्न स्वार्थ  समुह तथा निकायको मिलेमतोमा नग्न रूपमा र मनपरि ढंगले यी क्षेत्रको चरम व्यापारीकरण गरिएका कारण मापदण्ड तथा पुर्वाधार नपुगेका निजी कलेजहरु च्याउ उम्रेसरह उम्रे। शुल्क र सिट मनपरि तोकियो। अर्कोतिर सरकारी संस्थाहरु खोल्न दिइएन। 

फलस्वरूप मेडिकल शिक्षा र स्वास्थ सेवा गुणस्तरहीन, सहर केन्द्रीत, महंगो र आम नेपाली र विद्यार्थीको पहुँचबाट बाहिर भयो। तसर्थ  ग्रामिण भेग देखि लिएर  देशको विभिन्न स्थानमा सरकारी मेडिकल शैक्षिक संस्थान स्थापना गरि गुणस्तरीय ,  निशुल्क र सस्तो शिक्षा तथा स्वास्थ्य सेवामा विपन्न वर्ग देखि सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितता हुनुपर्यो भनेर त्यसका लागि ऐन बनाउन  करिब दुई दशकदेखि हामी संघर्षरत छौं।  सबै नेपालीको दबाबका कारण  चिकित्सा शिक्षा ऐन बन्यो, त्यसका आधारमा चिकित्सा शिक्षा आयोग बन्यो  र स्वार्थपरक व्यक्ति, समुह र निकायको गैरकानुनी हस्तक्षेपका बाबजुद आयोग सन्तोषजनक कार्य गर्न सफल भएको थियो।

 ऐनमा प्राबधान भए अनुरूप विभिन्न प्रदेशमा सरकारी मेडिकल कलेज तथा  प्रतिष्ठान स्थापना भए र स‍ो मार्फत  शिक्षा र बिशेषज्ञ स्वास्थ्य सेवामा समेत कुना काप्चाका गरिब जनता र विद्यार्थीको पहुँचमा उल्लेखनीय वृद्धि भएक‍ो छ। छात्रवृत्तिको संख्या निकै वृद्धि भएको छ  भने मापदण्ड कडाइका साथ लागू गर्न लगाए पछि  मेरिटकोआधारमा मात्र भर्ना हुने र सिट संख्याको सिलिङ तोकेपछि शिक्षाको गुणस्तरमा क्रमिक सुधार हुने क्रममा छ। भर्ना शुल्क बहनयोग्य भएपछि र विदेशमा अध्ययनका लागि न्यूनतम योग्यता तोके पछि विदेश जाने विद्यार्थीहरूको संख्यामा उल्लेखनीय रूपमा कमी आएको छ र यी लगायत धेरै सुधारका कार्य भएका छन्। दुर्भाग्यवश अवाञ्छित हस्तक्षेपका कारण कति गुम्ने अवस्थामा पुगेका छन्। ऐनको मर्म र ऐनले दिएको अधिकारक‍‍ो संरक्षण गर्नु आय‍‍ोगका उच्च पदाधिकारीको प्रथम र परम कर्तव्य हो  लफडा होइन। गैरकार्यकारी  अध्यक्ष तथा प्रधानमन्त्रीले  ऐन विपरीत  आयोगका कार्यकारीलाई  सुनियोजित ढंगले पन्छाई हतारहतार सिट बढाउने समिति गठनगरी प्रतिवेदन पनि आफै बुझिलिनुले पनि प्रधानमन्त्रीको  स्वार्थपरक उदेश्य स्पष्ट हुन्छ। हुनत उनी लगायत विगतका प्रधानमन्त्रीहरूक‍ा लागि यस्ता हस्तक्षेप नियमित नै मानिन्छ।

 जुनसुकै निहित कारणले होस्, मेडिकल कलेज तथा संस्थानमा भर्ना सिट संख्या बढाउने निर्णयले मेडिकल शिक्षाको गुणस्तरमा मात्रै नभएर आम नेपालीक‍ो स्वास्थ्यमा खेलवाड हुन जाने निश्चित छ। त्यसैले हाल सिट संख्या बढाउन चलिरहेको कपट र षड्यन्त्रपूर्ण चलखेल हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन। 

त्यसैले मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकार र चिकित्सा शिक्षा  आय‍ोगलाई बारम्बार गरेको आग्रहलाई नजरअन्दाज गरी तत्कालै सिट बढाउने निर्णय गर्दैछन् भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एउटा पनि सिट नबढाउन र शुल्क नबढाउन ओली सरकार लगायत आयोगको पुन ध्यानाकर्षण गराउँदै चेतावनी दिन्छौं। अन्यथा सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुनेछौं भन्ने कुरा जानकारी गराउन चाहन्छौं

त्यस्तै प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड संबन्धि ऐन लगायत एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम-उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान खोल्न र सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्ने  लगायतका हामीसँग भएका सबै सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरिन्छ। साथै, २०८५ देखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउने कानुनी प्रावधानको प्रक्रिया अगाडि बढाउन पनि माग गरिन्छ।

प्रा.डा. ग‍ोविन्द केसी 

२६ साउन, २०८२
काठमाडौं।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रूसी जनरलमाथि गोली प्रहार
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
सम्बन्धित सामग्री
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पव... शुक्रबार, माघ २३, २०८२
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग शून्य समयमा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाउनुपर्ने आवश्यक... शुक्रबार, माघ २३, २०८२
फेरि पक्राउ परे दुर्गा प्रसाईं नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्... शुक्रबार, माघ २३, २०८२
ताजा समाचारसबै
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने शुक्रबार, माघ २३, २०८२
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल शुक्रबार, माघ २३, २०८२
निर्वाचन आयोगले भन्यो- निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन् शुक्रबार, माघ २३, २०८२
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्