काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ।
महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिसँग देउवासहित पार्टीका शीर्ष नेताहरूले छलफल थालेका हुन्।
बैठक अहिले पनि जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहित भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीसँग सहभागी छन्।
कांग्रेसका ७ भ्रातृसंस्थालाई महाधिवेशन गर्न पटक पटक म्याप थप गर्दा पनि नसरेपछि महाधिवेशन गर्न पार्टीले प्रतिनिधि तोकेको थियो। यसअघि शुक्रबार पनि देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।