अमेरिका– अमेरिकाको टेक्ससमा तीन जना नेपालीको गोली काण्डमा मृत्यु भएको छ।
टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
स्थानीय समय अनुसार शनिबार बिहान २ बजेर १० मिनेटमा डडली स्ट्रिटको १९०० ब्लकमा गोली काण्ड भएको डालास प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ। प्रहरीका अनुसार ५३ वर्षीय ललित प्रधानमा आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए।
ललितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।
‘मैले र मेरो परिवारले सरकारी सेवाहरु प्राप्त गर्न सकेका छैनन्, जसका कारण मैले र मेरो परिवारले कडा परिश्रम गर्न बाध्य भएका छौं,’ उनले आफ्नो फेसबुक पोष्टमा लेखेका थिए।
नेपाली समाज टेक्सस (एनएसटी)का अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली भएको प्रारम्भीक जानकारी प्राप्त भएको बताए।
नेपालमा आफन्तसँग समन्वय गर्ने प्रयास भइरहेको र शव नेपाल पठाउनेबारे पनि प्रयास भइरहेको एनएसटीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।