विराटनगर– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्।
उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको हो।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन्। उपचारसँगै दैनिकीमा सक्रिय रहँदै आएकी थिइन्।
छिमेकी राजकुमार विश्वासका अनुसार शुभकुमारीको आइतबार नै सिंघिया खोलामा अन्त्येष्टि गरिएको छ। आमाको निधन भएको जानकारी पाएलगत्तै ललित पनि विराटनगर आइपुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।