धनकुटा – धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१जना घाईते भएका छन्।
टेकुनालाबाट धनकुटाबजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो।
दुर्घटनामा परि पिकअपमा सवार २१ जना मध्ये १७ जना घाईते भएका छन्।
उनिहहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याईएको छ। घाईते हुनेहरुमध्ये ३ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनिहरुलाई थप उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठार्ईको प्रहरीले जनाएको छ।
अन्य घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ बर्षिय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षिय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षिय रेनुका राई रहेका छन्। त्यस्तै अन्य घाइतेहरुमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षिया सविना डंगोल, ६४ वर्षिय चन्द्रभक्त डंगोल, ३५ वर्षिय हरीकुमार डंगोल,७२ वर्षिय मोहन डंगोल, २७ वर्षिय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षिय रोजिन डंगोल, ५६ वर्षिय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षिय राजन राई, सहिदभूमी गाउँपालिका ४ का २४ आशिस राई, रहेका छन् त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षिय निशु लिम्बु, मुलघाट बस्ने १२ वर्षिय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षिय शिव श्रेष्ठ, २४ वर्षिय प्रकाश श्रेष्ठ रहेका छन्।
आज गाईजात्राका लागि उनिहरु पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।