काठमाडौं– रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट बीएसी ९४६३ (बा १३ च ३९३५ पुरानो) नम्बरको स्कारपियो खस्दा मन्थली नगरपालिका–१ की राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको हो।उनी स्वास्थ्यकर्मी हुन्।
हेटौंडा जान लागेको बिएससी ८४६३ नम्बरको गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो। गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ।
दुर्घटनामा स्कारपियोका चालक एवम् श्रीमान उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गरेपश्चात धुलिखेल अस्पतालमा रेफर गरिएको छ। उनको अनुहारमा चोट लागेको छ। प्रहरीका अनुसार स्थानीय र सुरक्षाकर्मीको सहयोगमा भीरबाट महिलाको शव निकालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।