काठमाडौं– झण्डै साढे ६ किलो सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार ६ किलो चार सय ग्राम सुनसहित सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार ६ सय ६५ रुपियाँसमेत बरामद भएको छ । पक्राउ परेका ११ जनालाई नै सुनचाँदीसहित आवश्यक कारबाही एवम् थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।
पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा उनीहरु कार्यरत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।