काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन्।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए। इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको उनले बताए। उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए।
अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौँ र पोखरा सहरमा पुर्याउने गरी सरकारले काम गरिरहेको भन्दै उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए।
मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।