काठमाडौं– एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ।
पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो।
पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते बोलाइएको छ। बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ।
केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ। स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ।
सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।