काठमाडौं– रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार हुन इच्छुकहरुको नाम सार्वजनिक गरेको छ ।
साउन ७ देखि २१ गतेसम्म माग गरिएको आवेदनमा ९ जनाले उम्मेदवार हुन इच्छा देखाउँदै आवेदन दिएको रास्वपाले जनाएको छ । रास्वपाका लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यका अनुसार आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि उनीहरुले आवेदन दिएका हुन् ।
आवेदन दिएकाहरुमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले रहेका छन् । उनीहरुले उम्मेदवार हुनका लागि आवेदन दिन २५ हजार शुल्कसमेत बुझाएका छन् ।
रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।