आवाजा– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन्।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिएका हुन्।
एकता, पारस्परिक सम्मान र साझा स्वामित्वमा आधारित, दक्षिण–दक्षिण सहयोगले एलएलडिसीको अद्वितीय आवश्यकता र आकाङ्क्षा अनुरूप आपसी सिकाइ, क्षमता विकास र प्रविधि हस्तान्तरणलाई बढावा लिने उनले बताएका छन्।
उनले लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गरेर क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई उपयोग गर्नुपर्ने धारणा राखे।
त्यस्तै प्रधानमन्त्री ओलीले व्यापार र ‘ट्रान्जिट’ कोरिडोर विकास गर्न, पूर्वाधारलाई आधुनिकीकरण गर्न, सीमापार व्यापार र लगानी बढाउनका लागि भन्सार प्रक्रिया मिलाउन सामूहिक रूपमा काम गर्न आग्रह समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।