काठमाडौँ– म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो। यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।