काठमाडौं– उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ ।
प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छोड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।
तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।